Tuesday, June 9News That Matters

जितिया महोत्सव जिल्ला स्तरीय नाच प्रतियोगिताको उपाधी रिपब्लिक क्लव बहेडुवाले जित्यो

पूर्णपुष्टि, असोज १५
जितिया महोत्सवको अवसरमा आयोजना गरिएको जिल्ला स्तरीय नाच प्रतियोगिताको उपाधी रिपब्लिक क्लब बहेडुवाले जितेको छ । असोज १३ गते गाईघाटको थारुहट रंगशालामा भएको नाच प्रतियोगिताको प्रथम उपाधीको बिजेता भएसँगै बहेडुवा जितिया महोत्सव २०७८ को बिजेता भएको हो । त्यस्तै प्रतियोगितामा मोसण डान्स स्टुडियोले प्रथम स्थान हासिल गरेको छ भने इभरगृन क्लव गाईघाटले दोस्रो स्थान हासिल गरेको छ ।

नाच प्रतियोगिताको उपाधी जिते सँगै बिजेता रिपब्लिक क्लव बहेडुवाले रु १५ हजार र प्रमाण पत्र, थम स्थान हासिल गर्न सफल मोसण डान्स स्टुडियोले रु १० हजार प्रमाण पत्र र दोस्रो स्थान हासिल गर्न सफल इभरगृन क्लब गाईघाटले रु ५ हजार सहित प्रमाण पत्र पाउन सफल भएका छन् ।