
पूर्णपुष्टि, असार २०
आज बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ, भने दश जना घाइते भएका छन् ।
डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका–३ मा सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको ज्यान गएको हो ।
सोही दुर्घटनामा सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती साउद र २९ वर्षीय करन धामी घाइते भएका हुन् ।
यस्तै सोही ठाउँका ४५ वर्षीय दलबीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, १९ वर्षीय खगेन्द्र साउद, ४४ वर्षीय हरीभान साउद पनि घाइते छन् ।
घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालकले बताउनुभयोे ।
