
पूर्णपुष्टि, जेष्ठ ३ । पाल्पामा जिप दुर्घटना हुँदा बालक सहित २ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । मृत्यु हुनेमा निस्दी गाउँपालिका(४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक (डिएसप) सुगन्ध श्रेष्ठका अनुसार बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप बेलुका पौने ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी दुई घाईते भएका १५ जना मध्ये दुई जनाको उपचारको क्रममा गएराती मृत्यु भएको डिएसपी श्रेष्ठले बताए ।
१३ जना घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ भने चालक सहित १० जनाको अवस्था भने सामान्य रहेको छ । दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।