जिम्मेवारी

   कविता
गोठकृषण ठकुरी
जिम्मेवारीले यस्तो बाँध्दो रहेछ
कि मन परेको काम के थियो
मन परेको सपना के थियो
सब विर्साउँदो रहेछ
यहाँ सम्म कि
म को हुँ भन्ने नै विर्साउँदो रहेछ
अनि त के छ र
ठक्कर लाग्छ उठ्यो
चोट लाग्छ सुम्सुम्यायो
मान्छेले भन्छन् सुन्यो
चुपचाप सह्यो हिड्यो
भिडमै हाँस्यो
भिडमै ताली बजायो
भिडमै रमायो
भिडमै हिड्यो
भिडकै दिशा तिर फर्कियो
भिडकै लहरमा उभियो
भिडको विपरीत दिशामा उभिन पनि डर लाग्दो रहेछ
जिम्मेवारीले यतिसम्म गराउँदो रहेछ
जुन गर्न मनले चाहेको हुँदैन
यो सब गरिरहँदा
कहिले काहीँ
यताबाट समयले प्रहार गर्छ
उताबाट बाध्यताले लखेट्छ
अर्कोतिरबाट समाजले छिर्के हान्छ
अर्कोतिर परिवारले छेक्छ
चारैतिरबाट काँइकाँई हल्ला मच्चाउँछ
त्यसबेला
कतै भाग्ने ठाउँ नहुँदो रहेछ
बीचमा मुर्छा परिदोँ रहेछ
भित्रभित्रै गलिदोँ रहेछ
एक्लै परिदाँे रहेछ
त्यसवेला
उनान्सय प्रतिशत मनले चिच्चाई चिच्चाई भन्छ
तँ हारिस्
तेरो लागि यो संसार उपयुक्त छैन
तब एक मनले विस्तारै भन्छ –उठ
सास फेर्दै छस भने जिउँदो भएर बाँच्न सिक
आफ्नोसँग हारेको होस
आफुसँग होईन
हिम्मत गर जिम्मेवारी उठा
सपना उठा
रहर उठा
अगाडि बढ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0