Thursday, June 18News That Matters

जिल्ला समन्वय समिति स्याङजाको स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

पूर्णपुष्टि, जेष्ठ २५ । जिल्ला समन्वय ममिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा सवारी दुर्घटना हुँदा चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको स्कारपियो दुर्घटनामा परी समन्वय समितिका अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

गाडी सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको सूचना अधिकारी खनालले जनाए ।