Monday, May 4News That Matters

जिल्ला ह्यान्डबल संघ उदयपुरलाई २० थान बल सहयोग

पूर्णपुष्टि,असार २१ । बैदेशीक रोजगारको सिलसिलामा कतार पुगेको टेकप्रसाद गोतामे (ज्याकी चेन)ले जिल्ला ह्यान्डबल संघ उदयपुलाई २० थान बल सहयोग गरेको छ । गोखरा पुख्र्यौली घर भइ चितवन निवासी गोतमेले ३० हजार रुपैयाँ बराबरको बल फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, तेक्वान्दो प्रशिक्षक संगिना बैद्य र कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राईको उपस्थितिमा ह्यान्डबल प्रशिक्षक बिन्दा थापालाई हस्तान्तरण गरेको हो ।

गोतमेले खेलकुदलाई माया गर्दै यसअघि गत फागुनमा नेपाली राष्ट्रिय महिला फुटबल टिमका एघार खेलाडीलाई फुटबल बुट सहयोग स्वरुप प्रदान गरेका थिए । उनले एडिडास ब्रान्डको करिब एक लाख रुपैयाँ बराबरको बुट प्रदान गरेको हो ।

गोतमेले खेलकुदलाई माया गर्दै सामाजिक काम गरेकोमा प्रशिक्षक थापा र जिल्ला ह्यान्डबलले विशेष धन्यवाद प्रगट गरेको छ ।