
पूर्णपुष्टि, बैशाख १९ ।
जिल्लाको कटारी नगरपालिकामा जीवन विकास लघुवित्तीय संस्था लिमिटेडले केन्द्र प्रमुख गोष्ठी , वित्तीय साक्षरता एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज कटारी शाखाले होटल मजेस्टीको हलमा आयोजना गरेको कार्यक्रम संस्थाका मानव संशाधन विभाग प्रमुख सुदीप कुमार मण्डलको सभापतित्व र कटारी नगरपालिकाकी उपेमयर गीता खड्काको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि उममेयर खड्काले सामाजिक क्षेत्रको रुपान्तरण गर्ने जिम्मा महिलाको रहेको बताएकी छन् । पुरुषहरु वैदेशिक रोजगारीका लागि विदेशमा छन् समाज चलाउने महिलाले हो त्यसैले महिलाहरु क्षमतावान बन्नुपर्छ ‘उनले भनिन्’ घरपरिवार समाज टोल सवै महिलाले शिक्षित बनाउन पर्छ त्यसका लागि महिला अघि बढ्नुपर्छ ।
लघुवीत्तले लगानी गरेको ऋणलाई सदुपयोग गर्नु पर्ने भन्दै दुरुपयोग गर्दा धेरेको सम्बन्ध विच्छेद हुने अवस्थामा आईपुगेको उपमेयर खड्को भनाई थियो । “सम्बन्ध विच्छेदको अवस्था धेरैमा आएको छ यो भनेको एउटा कुराका लागि ऋण लियो अर्को कुरा गर्यो आम्दानी छैन् त्यसलाई तिर्न फेरी ऋण लियो जसले घरपरिवारमा कलह बढेको छ । संस्थाले कार्यक्रमको अवसरमा विपन्न परिवारका ७ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले अभिभावकहरु सहित बालबालिकालाई विभिन्न शैक्षिक सामाग्री प्रदान गरेको हो । शैक्षिक सामाग्री प्रदान गरिएका बालबालिकालाई एकवर्ष सम्म शिक्षा क्षेत्रमा आवश्यक सहयोग गर्ने सस्थाले जनाएका छ ।
