
पूर्णपुष्टि, साउन ३०
सिन्धुपाल्चोकको जुगलमा पहिरोले १३ वटा घर पुरेको छ । जुगल गाउँपालिका– २ लिदीमा बिहान झरेको पहिरोले १३ घर पुरिएको गाउँपालिकाले जनाएको छ ।
१३ घरमध्ये ५ घरका परिवार सम्पर्कविहीन भएको जनाईएको छ । अरु १५ जना सामान्य घाइते भएको जनाईएको छ । पहिरोले घर पुरेपछि प्रभावितहरु नजिकैको सुरक्षित ठाउँमा बसेका छन् ।
पहिरोका कारण ३० घरहरु जोखिममा रहेको जनाईएको छ । अहिले उद्धारको काम सुरु भएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाईएको छ ।
