
पूर्णपुष्टि, कार्तिक १
मादक पदार्थ सेवन गरी श्रीमान श्रीमती बिच झगडा हँुदा एकको मृत्यु भएको छ भने एक जना घाईते भएको छ । तेह्रथुम छथर गाऊपालिका ३ ज्यामिरे का ५४ बर्षीय गोबिन्द बहादुर लिम्बु र उनको श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बु बिच मादक पदार्थ सेवन गरी झै(झगडा हुँदा गोबिन्द बहादुरको ज्यान गएको हो ।
श्रीमती भक्त कुमारीको उपचार भईरहेको छ । आईतबार बेलुका ९ बजे आफ्नै घरमा मादक पदार्थ सेवन गरी झगडाको क्रममा कुटाकुट हुँदा दुवै जनाको टाउकोमा चोट लागी गम्भिर घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाईएकोमा राती पौने १ बजे गोबिन्दको उपचारको क्रममा मृत्यु भएको थियो भने भक्त कुमारीलाई थप उपचारको लागी धरान घोपा पठाईएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बसन्तपुरले थप अनुसन्धान गरिरहेको छ ।

