
पूर्णपुष्टि, जेष्ठ २७
झापाको बिर्तामोड नगरपालिका–५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४८ बर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका–७ का २२ बर्षीय सुजन गुरुङ रहेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले राजवंशी र गुरुङलाई लागुऔषध ब्राउनसुगर सहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसगुर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैया समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
