Tuesday, June 9News That Matters

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ युवक पक्राउ

पूर्णपुष्टि, जेष्ठ २७
इलामको देउमाई नगरपालिका–३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा देउमाई नगरपालिका–७ का २० बर्षीय शम्भु लिम्वु र माई नगरपालिका–८ का १८ बर्षीय सुमन लिम्बु रहेका छन ।

हिजो दिउँसो नेपालटार–मंगलबारे स्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १–०३–००१ प १६५५ र को.१३ प २१६६ नम्वरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भईरहेको छ ।