गाईघाटमा साकेला भव्य रुपमा आज हुँदै, प्रतियोगिता भने हुन सकेन

पूर्णपुष्टि, जेष्ठ २८
जेष्ठ ३ गते बाट बिधिगत रुपमा देशैभर सुरु भएको किराँती समुदायहरुका साकेला नाच बिभिन्न स्थानमा मनाईने क्रम जारी छ । उदयपुरको त्रियुगा नगरपालिका स्थित साकेला थानमा पनि जेष्ठ ३ बाट बिधिगत रुपमा पुजा आजा गरी साकेला सुरु गरिएको थियो । जिल्ला लगायत त्रियुगा नगरपालिका भरी करिब १ महिना सम्म चल्ने यो पर्व आज भने भव्य रुपमा साकेला टोलको साकेला थाननमै हुने भएको छ ।

जिल्लाकै ठुलो साकेला थान गाईघाट स्थित त्रियुगा नगरपालिका ११ साकेला टोलमा अवस्थित छ । यहाँ माछाकुमा घर र सिकारी पुजा गर्ने स्थाल समेत व्यवस्थित रुपमा रहेको छ । साथै यस ठाउँमा किराँती समुदायहरुको संस्कार संस्कृति झल्काउने बिभिन्न मठ मन्दिर भौतिक संरचना र सालिकहरु समेत खडा गरिएको छ । किराँती समुदायमा प्रचिललित वावु पोखरी, वावु, किराँती राजाको सालिक जस्ता कुारहरु पनि खडा गरिएको छ । यो बर्ष गाईघाटमा आन्तरिक साकेलाको आयोजना गरि सम्पन्न गरिने आयोजक कमिटिले जनाएको छ । आज गाईघाटमा हुईलुङ हान्ने, मछामा पुजा र थानमा पुजा पछि नाच गान गरी यो बर्षको साकेला गाईघाटमा सम्पन्न गरिने ११, १२ र १३ नं व डाका संयुक्त सचिव सर्वधन राईले जानकारी गराउनु भयो ।

राईका अनुसार यो पल्ट साकेला प्रतियोगिता भने नहुने पनि जानकारी गराउनु भयो । हरेक बर्ष गिता स्मिृति साकेला रनिङ सिल्ड प्रतियोगिता हुँदै आएकोमा यो बर्ष भने बिबिध प्राविधिक कारण वस साकेला हुन नसकेको सचिव राईले जनाउनुभयो । कोरोनाले गर्दा करिब २ बर्ष लगतार रोकीएका साकेला यो बर्ष भने आन्तरिक रुपमै भएपनि मनाउने प्रयास गरेको राईको भनाई छ । यस पटक अन्य संरचनाहरुलाई व्यवस्थीत गर्नु पर्ने भएकाले पनि प्रतियोगिता हुुन नसकेको सचिव राईले बताउनुभयो । राईका अनुसार अर्को बर्ष देखी भने साकेला प्रतियोगिता फेरी निरन्तर गरिने जनाएको छ । आज त्रियुगा नगरपालिका लगायत अन्य नजिकका ठाउँहरु बाट साकेला नाच्न आउने जनाईएको छ । प्रतियोगितामा भने जिल्ला बाहिर सुनसरी, मोरङ, झापा, खोटाङ लगायतको स्थानहरु बाट समेत नाच्न आउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0