Tuesday, June 9News That Matters

प्लाष्टिक खाने किरा फेला परेपछि बैज्ञानिकहरु खुसी

पूर्णपुष्टि, जेष्ठ २८
प्लाष्टिक खाने किरा फेला परेको भन्दै बैज्ञानिकहरुले उत्साहित जनाएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले सुपरवर्मू को सङ्ज्ञा दिइएको जोफोबास मोरियो नामक एक किसिमको खपटेकीराको लार्भा पोलिस्टाइरीन खाएर बाँच्न सक्ने पत्ता लगाए सँगै बैज्ञानिकहरुले उत्साहित जनाएको हो ।

प्लास्टिक खान रुचाउने एक किसिमको लार्भाले फोहोर रिसाइक्लिङ गर्न र प्रदूषण घटाउन सघाउने आशा अनुसन्धानकर्ताहरूले व्यक्त गरेका छन्।

उनीहरूका अनुसार उक्त लार्भाको पेटमा हुने विशेष प्रकारको एन्जाइम ९पाचनरस० ले प्लास्टिक पचाउन सहयोग गर्छ । उक्त अध्ययनमा संलग्न एक अनुसन्धाताका अनुसार यसले पुनस्प्रयोगको प्रयास अघि बढाउन ठूलो सहयोग गर्न सक्छ।