झापाबाट दुई महिलासहित ६ जुवाडे पक्राउ

पूर्णपुष्टि, मंसिर २७
झापाबाट प्रहरीले दुई महिलासहित ६ जना जुवाडेलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जिल्लाको दमक नगरपालिका–५ स्थित दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा नगदसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका–५ का ३९ वर्षीय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका–१ का ४२ वर्षीय बबिन सुब्बा, दकम नगरपालिका–५ का ५८ वर्षीय लक्ष्मी ढकाल, दमक–५ की ३४ वर्षीया कमला राई, दमक–५ की ४० वर्षीया बिमला तामाङ र कमल गाँउपालिका–३ का ५१ वर्षीय राज कुमार खड्का रहेका छन् । हिजो राती ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेकै अबस्थामा नगद रु. ४० हजार र ३ बुङ ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: