Friday, July 31News That Matters

झापामा पुरुषमाथि सामुहिक करणी, कानुन नहुँदा छुटे आरोपी

पूर्णपुष्टि,फागुन ४

झापामा शनिबार एक पुरुषमाथि सामुहिक करणी भएको छ । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि करणी भएको हो । घटनापछि पीडित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका–६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका–७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिदियो । अदालतले म्याद थप गर्न नमानेपछि प्रहरीले उनीहरुलाई छाड्नु परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार पुरुषमाथि अप्राकृतिक करणी भएको सूचना आएपछि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय, विर्तामोडबाट टोली गएको थियो । साथै अनुसन्धानका लागि दुवैलाई चौकी लगिएको थियो ।

अप्राकृतिक करणीमा १८ वर्ष मुनिका बालकलाई मात्रै कारबाही गर्न मिल्ने कानूनी व्यवस्था मुलुकी अपराध संहितामा छ । यो घटनामा पीडित पुरुष ३० वर्ष पुगेकाले मुद्दा नचलेको हो ।