Wednesday, April 22News That Matters

झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरी

झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरीपूर्णपुष्टि, २७ असार/गाईघाट
झुप्राे चुहिएर परिवार भिजेपछि त्रियुगा नगरपालिका ११ का उमाकान्त चाैधरी त्रिपाल माग्न वडा कार्यालय पुगेका छन् । झुप्राेकाे कमजाेर छानाे लगातारकाे बर्षातमा चुहिए पछि ओेतिनका लागि त्रिपाल माग्न गएकाे उनले बताए ।
उनलाई वडाध्यक्ष सुमन्त काेईरालाले एक थान त्रिपाल सहयाेग दिए । वडासम्म आएका चाैधरीलाई आफ्नाे कार्यकक्षमै बाेलाई वडाध्यक्ष काेईरालाले त्रिपाल हस्तान्तरण गरे ।
अहिले निम्न बर्गिय घर परिवार वर्षातकाे चपेटामा छन् । उनीहरुकाे अबस्था बुझेर यस्तै सहयाेग गर्न आवश्यक छ । कतिपय ज्याला मजदुरी गरेर छाक टार्नेहरु वर्षातले राेजिराेटीकाे अबस्थामा पसगेका छन् । स्थानीय सरकारले उनीहरुकाे लेखाजाेखा गरेर सहयाेग गर्नु आवश्यक छ ।