
पूर्णपुष्टि, बैशाख ११
लिम्चुङबुङ गाउँपालिकामा टिकटको बिषयलाई लिएर एमाले पार्टी भित्रै विरोधको सिर्जना उत्पति भएको छ । नेकपा एमालेका पुराना नेता तथा कम्युनिष्ट आन्दोलनका नेताको रुपमा परिचित लिम्चुङबुङ गाउँपालिका पार्टी साल्लाहकार समेत रहेका यादव राईले पार्टी भित्र षड्यन्त्र भएको आरोप लगाए ।
उनले आफुलाई पार्टीले राजनितिक अपराध गरेको समेत आरोप लगाए । राईले आईतबार गाईघाटमा पत्रकार सम्मेलन गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरे । उनले पहिले बाट आफुलाई आश्वसानमा राखी पछि आएर थाहा नदिनै अन्यलाई टिकट बाँडेकोमा आफ्नो व्यापक असन्तुष्टी रहेको जनाए । यसरी पार्टीले अपराध गर्ने भए मलाई किन पहिल्यै बाट ललिपप खुवाएर राखे, उनले प्रश्न गरे । शिक्षा पेसामा समेत आवद्ध रहेको उनि हाल जागिर बाट बाहिरीएर राजनितिलाई साथ दिईरहेका छन् । उनले यो पटकको स्थानीय चुनावमा आफ्नो पनि आकांक्षा रहेको कुरा पहिल्यै बाट पार्टीमा राख्दै आएको जनाए ।

उनले पार्टीको यस्ता निर्णयलाई तत्काल नसच्याए आफुले स्वतन्त्र लड्ने वा अन्य उम्मेदवारी उठाउने जनाए । उनले यति मात्रै हैन पार्टीले सुहाउँदा काम र यसलाई नसच्याएको खडण्मा आफुले पार्टी परित्याग गर्ने समते चेतावनी दिए ।
