
पूर्णपुष्टि, भदौ १९ गते ।
दाङमा राती टिकटक बनाउने क्रममा भिरबाट लडी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् ।
सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउने क्रममा केसी शनिबार राति करिब नौ बजे भीरबाट तीन सय मिटर तल खसेका थिए । भिरबाट लडेकाको केसीलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए । रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

