Saturday, June 27News That Matters

टिप्परको ठक्करबाट १ जनाको मृत्यु

पूर्णपुष्टि, फागुन १४ 

काठमाण्डौको दक्षिणकालीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–६ मा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

हिजो बेलुका सवा सात बजे नाम्चेखानीबाट फर्पिङका लागि छुटेको बा २ क ४५५३ नम्बरको टिप्परको ठक्करबाट मकवानपुर भीमफेदी गाउँपालिका–८ का ३५ वर्ष सन्तलाल लुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्परको ठक्करबाट घाईते भएका लुम्बाको गतराति पौने ९ बजे नेपाल मेडिसिटी अस्पतलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।