Wednesday, June 10News That Matters

टिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्णपुष्टि, भदौ १२

मोरङमा टिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा नगरपालिका–४ का २९ बर्षीय कुमार राई रहेका छन् ।आज दिउँसो सवा १ बजे प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को.३८ प ५९५० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा राई घाईते भएका थिए । घाईतेलाई उपचारको लागी धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको हो । ठक्कर दिने टिफर र चालक ईटहरी १ का राज कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।