ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

पूर्णपुष्टि, पौष ५
संखुवासभाको सभापोखरी गाउँपालिका–१ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सभापोखरी गाउँपालिका–२ का फत्तेमान राईको छोरा ११ बर्षिय निशान राई रहेका छन ।

हिजो बेलुकी साढे ५ बजे प्रदेश १–०२–००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको थियो । ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालकको थप आवश्यक अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: