Monday, April 20News That Matters

ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु

पूर्णपुष्टि, असोज ६

सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान सँवा १० बजे ईटहरी(बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी (७ का ३० बर्षीय कार्तिक रिसिदेब नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।