
पूर्णपुष्टि, असार २ गते ।
झापामा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्लाको झापा गाउँपालिका–३ कल्लामारी स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको हो ।
हिजो दिउँसो सवा २ बजे मे. १ त ४४१८ नम्बरको ट्याक्टरले मे .११ प २८२२ नम्वरको मोटरसाईकललाई ठक्कर दिइ दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
