
पूर्णपुष्टि, वैशाख २
पाँचथरमा ट्याक्टरबाट लडी एक जना सह–चालकको ज्यान गएको छ । फाल्गुनन्द गाउपालिका–४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडी ज्यान गएको हो ।
बुधबार बेलुका साढे ६ बजे सुकेधामबाट च्याङथापु तर्फ जादै गरेको प्रदेश १–०१–००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सह–चालक चेम्जोडङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सभा १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ट्याक्टर र चालक पाँचथर कुम्मायक–३, रानिगाँउ का २३ वर्षीय काली बहादुर तामाङ नियन्त्रणमा रहेको सो प्रहरीले जनाएको छ ।
