
पूर्णपुष्टि, पुष २१
भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा मंगलबार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा हतुवागढी गाउँपालिका–१ का रंजित सार्कीको घटनास्थलमा नै मृत्यु भएको हो ।
भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १–०२–००३ त ९४० नंम्बरको टयाक्टर आफै अनियन्त्रीत भई पल्टीदा ट्याक्टरका सह–चालक सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

