Sunday, May 17News That Matters

ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गयो

पूर्णपुष्टि, असार  २९

रौतहटको देवाही गोनाही नगारपालिकामा हिजो राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा ट्याक्टरमा सवार ४ जनामध्ये नदीपारी टोलका कवीन्द्र पटेल र पोखरिया टोलका गोविन्द पटेलको घटनास्थलमै ज्यान गएको हो ।

न ४ त १५०७ नम्बरको ६ याक्टर राति ११ः५५ बजेको समयमा देवाही गोनाही नगरपालिका–४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । खेत जोतेर घर फर्किँदै गरेको ट्याक्टर अनिन्त्रित भएर दुर्घटना हुँदा दुई पटेलद्वयको सोही ट्याक्टरले च्यापिएर ज्यान गएको हो ।

सोही दुर्घटनामा घाइते भएका राकेश पटेलको अवस्था पनि गम्भीर रहेको र उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

खेत जोतेर घर फर्किँदै गरेको ट्याक्टर अनिन्त्रित भएर दुर्घटना हुँदा दुई पटेलद्वयको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको हो ।