Tuesday, June 2News That Matters

ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्णपुष्टि, माघ २७
झापाको गौरादह नगरपालिका १ गुरुङ चौक स्थित गौरादह–पाडाजुङि सडक खण्डमा दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी १ कि ५३ बर्षीया हिमा देवी दाहाल रहेकी छिन ।

हिजो दिउसो १ बजे दक्षिणबाट उत्तर दिशातर्फ जाँदै गरेको मे. १ ख २६९८ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १–०१–०१४ प ३३२६ नम्बरको मोटरससाईकललाई ठक्कर दिँदा पछाडी सवार रहेकि हिमा देवीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालक गौरादह १ का ३६ बर्षीय सन्तोस अधिकारीलाई ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।