Tuesday, June 9News That Matters

ट्राफिक प्रहरी र स्कुटर चालक बिच कुटाकुट

पूर्णपुष्टि, फागुन १

काठमाण्डौँको गोंगबु बसपार्कमा २ ट्राफिक प्रहरी र स्कुटर चालक बिच कुटाकुट भएको छ । हेल्मेट नलगाको बिषयमा बिवाद भएपछि उनिहरुबिच कुटाकुट भएको हो । बारखीका कारण हेल्मेट नलगाएको स्कुटर चालक आसिफ देउला र २ ट्राफिक विवेक नकाल र देवानन्द साह बिच कुटाकुट भएको ट्राफिक प्रहरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।

बारखी बारेका बुढानिलकण्ठ नगरपालिका ३ का आसिफ दउलाले हेल्मेट नलगाए पछि ट्राफिकले कागजपत्र मागेका थिए । देउलाले कागज पत्र नदेखाउने जस्तो कुरा गरेपछि चौकी जान ट्राफिकले आग्रह गरे । चौकीतिर आउन नमानेर सिधै जान खोजेपछि विवाद भएको श्रेष्ठले बताए ।

‘सुरूमा सामाखुसीमा ट्राफिक प्रहरी र देउलाबीच हेल्मेट नलगाएको विषयमा विवाद भएको थियो ।

‘विवाद भएपछि स्कुटर चालकले आफूलाई ट्राफिकले कुटेको आरोप लगाएका छन् भने । ट्राफिकले आफूमाथि पहिले हातपात गरेको आरोप लगाएका छन् ।

कुटपिट भएपछि देउलालाई उपचारको लागि काठमाडौंको पिपुल्स अस्पताल लगिएको छ ।

यस विषयमा अनुसन्धान पनि अघि बढाएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए । ‘सर्वसाधरणहरूले भिडिओ पनि खिचेको भनेका छन् । खास कुरा केहो भन्ने भिडिओ हेरेर पनि थाहा होला राष्ट्रसेवक भएपछि झनै शंकित हुनुहुन्न,’ उनिहरुलाई घटनाको राम्रो अनुसन्धान गरी आवश्यक परेमा कारबाहीसमेत गर्ने प्रहरी निरीक्षक श्रेष्ठले बताए ।