Wednesday, June 10News That Matters

डा. नारायण खड्का देखी स्वर्णिम वाग्ले सम्मलाई दोहोरो नागरिकताको उजुरी

पूर्णपुष्टि, चैत्र ५ । दोहोरो नागरिकता रहेको भन्दै राजनितिक दलका बिभिन्न नेताहरु बिरुद्ध गृहमा उजुरी परेको छ । उदयपुरबाट प्रतिनिधी सभामा निर्वाचित डा नारायण खड्काको नेपाली नागरिकता छानविन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ ।

डा खड्का सहित उच्च पदस्त १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्ड समेत रहेको भन्दै सोमबार गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो । सिन्धुलीका युुवराज पौडेल (सफल) ले दायर गरेको उजुरीमा डा खड्का सहित राजेन्द्र महत्तो, सरिता गिरी, सुजता कोईराला, अनुराधा कोईराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कडेल, डा स्वर्णिम वाग्ले, डा मिनेद्र रिजाल र दिलेन्द्र प्रसाद बडुको दोहोरो नागरिकता रहेकोले छानविन गरि कार्वाही गर्न माग गरिएको हो । डा . खड्का नेपाली काग्रेसको राजनीतिमा आउनु भन्दा अगाडी क्यानाडामा बसोबास गर्ने गर्थे भने उनको श्रीमति क्यानेडेली नागरिक हुन ।