डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा जलेर महिलाको मृत्यु

पूर्णपुष्टि, कार्तिक १४ । ओखलढुंगामा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर की ३३ बर्षीय कमला गौतम रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा उनको घटना स्थलमै मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको डिएसपी दाहालले बताए । घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रकूया पश्चात शवलाई पोष्टमार्टमकोलागी जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगा लगीएको डिएसपी दाहालले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0