Wednesday, May 21News That Matters

डि.बि.राईको रचना र मीकबुङ राईको स्वरमा “ नेपालकी छोरी हुँ म” सार्वजानिक, भिडियो सहित ।

पूर्णपुष्टि, १४ साउन ।
संगित प्रेमी डि.बि राईको अर्को रचना नेपालीकी छोरी हुँ म… सार्वजानिक भएको छ । राईकै शव्द रचना, रुद्र श्रेष्ठको संगित र मिकबुङ् राईको स्वरमा रहेको गित दुई दिन अघि मात्रै सार्वजानिक भएको हो । बालगायीका मीकबुङ समता स्कुलमा कक्षा ७ मा अध्यानरत विद्यार्थी हुन् । ११ बर्षको सानै उमेरमा गित गाउने कला भएकी मीकबुङले आफ्नो स्वरलाई पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा उत्कृष्ट प्रस्तुत गरेकी छिन् ।

डि.बि राईले केहि समय अघि मात्रै गुँरासै फुल्यो रौता पाखैमा नामक लोकदोहरी गित सार्वजानिक गरेका थिए । उक्त गितमा भ्वाईस अफ नेपालकी अन्तिम ४ की प्रतिस्पर्धी श्रेया राई र डि.बि राई आफैले स्वर दिएका थिए । हालै सार्वजानिक गित भने देश, भाषा, संस्कृति र भुमि सँग सम्बन्धि रहेको छ । डि.बि राई गित संगित सँग नजिक रहेर काम गर्दै आएका छन् । राई किरात कलकार संघका जिल्ला अध्यक्ष तथा त्रियुगा नगरपालिका १५ का वडा सदस्य समेत हुन् ।