Tuesday, January 14News That Matters

डेङ्गुको कारण कटारीका एक युवक सहित पाचँ जनाको मृत्यु

पूर्णपुष्टि, साउन १३ । डेङ्गु संक्रमणका कारण उदयपुरको कटारी नगरपालिकाका एक युवकसहित पाचँ जनाको मृत्यु भएको छ । पछिल्लो केही दिनयता डेङ्गु संकमणका कारण पाचँ जनाको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ।

हिप ज्वाइन्टको शल्यक्रिया पछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको कटारी बस्ने २९ बर्षीय पुरुषको उपचारको क्रममा साउन १० गते मृत्यु भएको हो । त्यस्तै साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन ११ गते धरान ११ बस्ने १० वर्षीया बालिकाको डेङ्गु संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनिहरुको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेल जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको डेंगी अस्पतालमा हालसम्म भर्ना भएका ५४ जनामध्ये ३७ जना डिस्चार्ज भईसकेका छन् भने डेंगी क्लिनिक र बीपी प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा उपचारको लागी आउने डेङ्गु संक्रमणका बिरामी दिनदिनै बढ्दै गएको छ ।