Monday, May 4News That Matters

रास्वपामा सहभागी हुने भनेको उम्मेदवार हुनु होईन् : रवी लामिछाने

पूर्णपुष्टि, साउन १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले रास्वपामा सहभागी हुनु भनेको उम्मेदवार नभएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

रास्वपामा सहभागी अहिले हुनु भनेको उम्मेदवार हुनु होईन्, उम्मेदवारको छनोट भएको छैन, यो कुरा सबैले स्पष्ट हुनु जरुरी रहेको लामिछानेले बताएका छन् । आफु नै मेयरको उम्मेदवार, वडा अध्यक्षको उम्मेदवार भन्ने गरेर दौडादौड गरेको कता कता आफुले  सुनेको पनि बताए । उम्मेदवारको लागी मात्र जोडिनेसँग धेरै लामो यात्रा नहुने समेत उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी कुनै साधारण परिस्थितिमा जन्मेको होईन्, कसैलाई पोस्न पाल्न बनेको पार्टी होईन् ‘लामिछानेले भने’ नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागी मिसन २०८४ भनेको सहि नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो । देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा भन्दा पारा ठिक हुनु पर्ने उनले बताए । रास्वपा अरु पार्टीहरुको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी नभएको र नराम्रो काम गर्ने आफ्नो पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने बताए ।