
मोरङ, चैत्र २८
मोरङ केराबारीमा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ । केराबारी गाऊपालिका–८ आमजुङी बस्ने ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किचेर मृत्यु भएको हो ।
शुक्रबार दिउसो साढे १ बजे स्थानीय खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागी नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागेर सितलमा बसिरहेको बेला सोही ढुङ्गाले किचेर लिम्बुको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
