Friday, May 22News That Matters

तमोर नदिले बगाएर १ जना बेपत्ता

धनकुटा, श्रावण २७ 

धनकुटाको चौबिसे गाउँपालिका–५ का ३३ बर्षीय महेन्द्र याक्खा तमोर नदीले बगाएर बेपत्ता भएको छ ।  सोमवार दिउँसो छिमेकीको मृत्यु भए पश्चात मलामी गएका याक्खा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता भएको हो ।

बेपत्ता भएका याक्खाको प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।