Wednesday, June 10News That Matters

ताप्लीको रुपाटारमा दुई घर आगलागी, २८ लाख बराबरको क्षति

पूर्णपुष्टि,चैत्र ३० । उदयपुरको ताप्ली गाउँपालिका स्थित रुपाटारमा दुई घर आगलागी हुँदा २८ लाख बराबरको क्षति भएको छ । बुधवार ताप्ली गाउँपालिका वडा नं.५ रुपाटार शाहिडाडामा अवस्थित दुई घरमा अचानक आगलागी हुँदा दुबै घर जलेर नष्ट भएको हो ।

आगलागी हुँदा स्थानीय सुभसेर राईको घर र अन्नपात,लत्ताकपडा,भाडाबर्तन,गोठमा रहेको २ वटा गोरु,३ वटा गाई र ९ वटा बाख्रापाठा गरी १५ हजार बराबरको क्षति भएको थियो । त्यस्ते सोही स्थानका कमलसेर राईको घर र घर भित्र रहेको अन्नपात,लत्ताकपडा,भाडाबर्तन,गाईगोठमा रहेको २वटा गोरु,२ वटा गाई,६ वटा बाख्रापाठा र सुँगुर ५ वटा गरी १३ लाख बराबरको क्षेति भएको सूचना अधिकारी मोहन थापाले बताए ।

आगलागी के कारण भयो भन्ने पत्तानलागेको जनाएको छ । आगलागीबाट कुनै पनि मनवीय क्षती भने भएको छैन् ।