Wednesday, June 3News That Matters

ताप्लीमा आदिवासी जनजातिहरुलाई प्रशिक्षण तथा जेष्ठ नागरिकलाई सम्मान

पूर्णपुष्टि, चैत्र २
ताप्ली गाउँपालिकामा रहेका ५ ओटै वडाका आदिवासी जनजातिहरुलाई प्रशिक्षण दिएको छ । नेपाल आदिवासी जनजाति माहासंघ ताप्ली गाउँपालिकाको आयोजनामा प्रक्षिण सँगै पालिकाभरी रहेका आदिवासी जनजाति जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको छ ।

पालिकाको १ नं वडा स्थित ओख्ले, २ नं लेखगाउँ, ३ नं इनामे, ४ नं ठानागाउँ र ५ नं रुपाटारमा प्रशिक्षण सँगै सम्मानको कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति माहासंका ताप्ली गाउँपालिकाका अध्यक्ष फडिन्द्र बहादुर राईले जनाए । कार्यक्रम १ नं वडा ओख्ले बाट सुरु भई ५ नं वडा रुपाटारमा सम्पन्न हुने अध्यक्ष राईले जनाए ।
अध्यक्ष राईका अनुसार प्रशिक्षण कार्यक्रम ५ वोटै वडाहरुमा गरिने जनाए । प्रशिक्षण कार्यक्रम नेपाल आदिवासी जनजाति माहासंघ पूर्व जिल्ला अध्यक्ष केशव मगर र पूर्व जिल्ला सदस्य गणेश पुमा राईले सहजिकरण गर्ने जनाएको छ ।

कार्यक्रमको पहिलो दिन ओख्लेका सबैभन्दा बढी उमेरका जेष्ठ नागरिक लालबहादुर सुस्लीङ मगरलाई दौरा सुरुवाल, ढाका टोपी र छाता सहित सम्मान गर्दै कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष राईले जनाए । यता जेष्ठ नागरिक महिलालालाई भने साडी, चोला र छाताले सम्मान गरिएको छ ।

सम्मान तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन पालिकाको १ नं वडा ओख्ले स्थित नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा ताप्ली गाउँपालिका इन्चार्ज बाबुराम राई र नेपाल तामाङ घेदुङ संघ पूर्व जिल्ला अध्यक्ष पदम लामा सहितका अतिथिहरुले गरे ।

कार्यक्रमको उद्घाटन सँगै इन्चार्ज राईले अब आदिवासी जनजातिहरु जाँड रक्सी पकाउने कम्पीटिसनमा भन्दा पनि नेतृत्वको कम्पीटीसनमा लाग्नु पर्ने जनाएको छ । राईले आदिवासी जनजातिहरु शिक्षामा समेत कम्जोरी रहेको हुँदा नेतृत्वको तहहरुमा पुग्न नसेको जनाए । राईले आउँदो समयमा नेकपा एमालेले ताप्लीमा रहेको आदिवासी जनजातिहलाई हक अधिकार सँगै नेतृत्वमा समेत बिषेश भुमिका खेल्ने जनाए ।

यस्तै गरी नेपाल तामाङ घेदुङका पूर्व जिल्ला अध्यक्ष पदम लामाले आदिवासी जनताजतिहरु सामाजिक, आर्थिक, राजनितिक र शैक्षिक जस्ता महत्वपूर्ण क्षेत्रहरुबाट कम्जोर रहेको जनाए । यी क्षेत्रहरुको ज्ञान सिप विहिन आदिवासी जनजातिहरु सँधै ब्राहम क्षेत्रीहरु जस्ता जातबाट हेपिरहेको जनाए । उनले आफुले पनि २०७४ सालमा स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारीको प्रतिस्पर्धा गर्दा हार्नु परेको स्मरण गर्दै यसको कारण आफ्नै समुदायहरु सचेत नभएको जनाए ।

यसैगरी आधारभूत माध्यमिक विद्यालय ठुलो आहालडाँडाँका प्रध्यानाध्यापक तथा सामाजसेवी प्रेम बहादुर राईले पालिकामा ७० प्रतिशत भन्दा बढी आदिवासी जनजातिहरु रहेको अवस्थामा पनि अन्य जातिहरु नेतृत्वमा पुग्नुमा दुख लागेको जनाए । उनले अवको कुनै पनि प्रतिस्पर्धाहरुमा आदिवासी जनजातिहरु नेतृत्वमा पुग्न शिक्षित र सचेत बन्नु पर्नेमा जोड गरेको छ । औपचारिक कार्यक्रमको संञ्चालन समिप राईले गरेका थिए ।