Friday, June 12News That Matters

ताप्लीमा ढुङ्गराज वि.क. को रोचक जीत

पूर्णपुष्टि, जेठ २ ।
उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का ढुङ्गराज विश्कर्माले रोचक जीत निकालेका छन् । मतगणनाको सरुवाती चरणमा फराकिलो मत अन्तरल पछाडी परेका उनी अन्तिममा भने विजय हुन पुगे । अन्तिम घडीसम्ममा मतान्तर घटाएर ३८ मतले उछिन्दै उनले विजयी हाँसिल गरेका हुन् । उनले १७८७ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वि एमालेका बाबुराम राईले १७४९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनतर्फकै नेपाली काङग्रेसकी धनमाया मगरले अत्याधिक मतले विजयी हाँसिल गरेकी छिन् । उनले २५८६ मत प्राप्त गरेकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वि एमालेकी मनकुमारी थापाले १३७० मत प्राप्त गरेकी छिन् । उपाध्यक्षमा १२१६ को फराकिलो मतान्तर रहेको छ ।
पाँच वडा रहेको ताप्लीमा १ नं. वडाध्यक्षमा एमालेको उद्धव हमाल, २ नं. वडाध्यक्ष एमालेका छत्रबहादुर श्रेष्ठ, ३ नं. वडाध्यक्षमा नेपाली काङ्ग्रेसका रङ्गमान तामाङ, ४ नं. वडाध्यक्षमा काङ्ग्रेसका उमेशकुमार मगर र ५ नं. वडाध्यक्षमा नेकपा (माके) का विष्णुकुमार श्रेष्ठ विजयी भएका छन् । सो पालिकामा काङ्ग्रेस र नेकपा (माके) बीच गठबन्धन भएको थियो ।