
पूर्णपुष्टि, फागुन २७ ।
फत्तबहादुर ज्यु ठकुरीकाे अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेकपा माओवादी केन्द्र, ताप्ली गाउँपालिकाकाे तेस्राे गाउँपालिका अधिवेशन आज सम्पन्न भयाे ।
सर्बसहमत बनेकाे कार्यसमितिकाे उपाध्यक्षहरुमा गाेकुलबहादुर सेन ठकुरी, भरतसिङ तामाङ, अमृतमाया बि.क., सचिवमा राकेश नेपाली, सहसचिव ताेपबहादुर राई र सहसचिवमा चित्रबहादुर मगर रहेका छन् ।
ठप्रदेश सचिवालय सदस्य काजिमान तामाङ (जिज्ञासा) काे प्रमुख आतिथ्य, प्रदेश सदस्य तथा गाउँपालिका अध्यक्ष ढुङ्गराज बिककाे विशेषआतिथ्यमा अधिवेशन भएकाे हाे ।