Thursday, June 11News That Matters

ताप्लीमा राष्ट्रिय युवा संघद्धार एमाले जिताउ अभियान तीब्र

पूर्णपुष्टि, वैशाख २७ गते ।
स्थानीय तहको निर्वाचन हुँन अब ४ दिन मात्रै बाँकि छ । चुनाव नजिकिएसँगै उदयपुरको ताप्ली गाउँपालिकामा नेकपा एमाले जिताउ अभियान सुरु भएको छ । आज राष्ट्रिय युवा संघले पालिकामा सयौँको संख्यामा युवाहरु भेला भएर बाईक र्याली गरेको हो ।
उम्मेदवारहरुले जनता माझमा पुगी मतमाग्ने अन्तिम दिन आज मात्रै भएकोले युवाहरुले ताप्ली परिक्रमा गरेका छन् । राष्टिय गुजुरियो कारतेको केन्द्रिय सचिब प्रकाश राई, ताप्ली ईन्चार्ज समीप राई तथा राष्ट्रिय युवा संघका अध्यक्ष सईन्द्र राईको संयोजनमा सयौँको संख्यामा बाईक र्यालीमा गरि युवाले पालिकाका ५ ओटै वडा परिक्रमा गरेका छन् ।
पालिकामा पक्की रोड र अँध्यारो मुक्त पालिका, पूर्वाधार बिकास, शिक्षा, स्वास्थ्या र युवालाई रोजगारीको व्यवस्था लगाएतको काम गर्ने नेकपा एमालेका अध्यक्ष उम्मेदवार बाबुराम राईको भनाई छ ।
ताप्लीमा जेठको पहिलो हप्ता एमाले पुग्छ सरकारमा भन्ने युवाहरुको विश्वास रहेको छ ।