Monday, May 4News That Matters

ताप्लीमा हुरेण्डेकद्धारा बाल बिकास केन्द्रलाई ५५ प्रकारको शैक्षिक सामाग्री वितरण

पूर्णपुष्टि,जेष्ठ ३१ । उदयपुरको ताप्ली गाउँपालिकाका बाल बिकास केन्द्रहरुलाई मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)ले सिकाइ तथा खेल सामाग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रम बिच गाउँपालिकाका ७ ओटा बाल विकास केन्द्रहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

ताप्ली गाउँपालिकाको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि लेगो फाउन्डेसन र वल्र्ड भिजनको सहयोगमा प्रत्येक बालबिकास केन्द्रलाइ ४१ हजार बराबरको ५५ प्रकारका सामाग्री वितरण गरिएको आइपिपीफोबिसि परियोजनाका अधिकृत तुलाराज अधिकारीले बताउनुभयो । उक्त सहयोग प्रति हुरेण्डेकलाइ पालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले धन्यवाद व्यक्त गरे ।

सस्थाले जिल्लाका रौतामाइ, ताप्ली, उदयपुरगढी गाउँपालिका र त्रियुगा नगरपालिका गरि २० ओटा बाल बिकास केन्द्रलाई सामाग्री वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।