ताप्ली गाउँपालिकाले खरिद गर्यो एम्वुलेन्स र सार्वजानिक सवारी

पूर्णपुष्टि, भदौ ११ । उदयपुरको ताप्ली गाउँपालिकाले जनहित सेवालाई तिव्रता दिएको छ । पालिकाले भर्खरै एम्वुलेन्स र सार्वजानिक सवारी खरिद गर्दै पालिकावासीलाई सहजता दिने प्रयास गरेको छ ।

ताप्लीबासी नागरिकहरुको स्वास्थ्य सेवा सहजताका लागि गाउँपालिकाले एम्बुलेन्स र सार्बजनिक गाडी खरिद गरेको अध्यक्ष ढुँगराज विश्वकर्माले जनाए । एम्बुलेन्सको अभावमा उपचारबाट बन्चित हुनुपर्ने र अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अब अन्त्य हुने भएको छ उनले भने, । साथै पालिकाको विभिन्न वडा र बस्तिहरुबाट केन्द्र सम्म आवतजावत गर्न अशक्त, अपांगता भएका व्यक्ति, महिला, जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै पालिकाले सार्वजनिक यातायात समेत संचालनमा ल्याएको छ ।
पालिकाले यस अघि पालिका भित्र उत्पादन भएका कृषिजन्य बस्तुहरु खाद्यान्न, तरकारी, फलफूल, बङ्गुर तथा खसीबाख्रा बजारसम्म पुर्याउन दुई ओटा कृषि एम्वुलेन्स पनि खरिद गरिसकेको छ । उक्त एम्वुलेन्स अहिले संञ्चालनमा आईसकेका छन् । जनप्रतिनिधिहरुको सक्रियताका कारण पहिलो बर्षमा नै ताप्लीमा महत्त्वपूर्ण कामहरू भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0