ताप्लेजुङमा जीप दुर्घटना हुँदा १० जना घाईते

पूर्णपुष्टि, असोज ३०
ताप्लेजुङको मेची राजमार्गअन्तर्गत काबेली सडकखण्डको ल्याङबामा जीप दुर्घटना हुँदा १० जना घाईते भएको छन् । सदरमुकाम फुङलिङबाट तेल्लोकतर्फ जाने क्रममा फुङलिङ नगरपालिका–७ दोखु ल्याङवाको पुछार ट्रनिङमा मे १ ज २०५६ नम्वरको बोलेरा जिप दुर्घटनामा परेको हो । प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएर जीप झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनामा घाईते भएका मध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । रेफर गरिएकामा फुङलिङ नगरपालिका–४ का ३८ वर्षीय चन्द्र बस्नेत, ३१ वर्षीया नम्रता बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत, ७ वर्षका रोमन बस्नेत, १७ वर्षीय अब्दुल अरी, सिरीजंघा गाउँपालिका–८ का ३० वर्षीय सन्तमाबो लिम्बू र चालक फुङलिङ नगरपालिका–८ का ३८ वर्षिय डिल्ली विक्रम सुनुवारलाई जिल्ला अस्पताल ताप्लेजुङले सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख भिम खत्रीले बताउनुभयो ।
खत्रीका अनुसार जीपमा सवार अन्य ७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र केहिको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: