Tuesday, June 9News That Matters

तीन दलको निर्वाचन कार्यालयलाई विरोध पत्र

पूर्णपुष्टि, पुष २९

नेकपा सहित तिन दलले जिल्ला निर्वाचन कार्यालयलाई विरोध पत्र बुझाएको छ । नेकपा (बहुमत) पक्ष सहिता समाजवादी पार्टी र राष्टिय जनमोर्चा नेपालले निर्वाचनको तयारी सम्बन्धि कुनै पनि क्रियाकलापमा सहभागिता नजनाउने घोषणा गरेको हो ।

नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल, जनपाका उपाध्यक्ष सुवास राई र जनमोर्चाका सचिव लिलकुमार राईले निर्वाचन कार्यालयलाई बिरोध पत्र बुझाउदै सम्मानित सर्वाेच्च अदालतबाट प्रतिनिधी सभाको विघटनको मुद्दाको किनारा नलागे सम्म निर्वाचनको कार्यक्रममा सहभागी नहुने जनाएको हो ।

विरोध पत्रमा २०७७ पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको ठाडो उल्लंघन गरी असंवैधानिक, अलोकतान्त्रिक एवम् स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चाल्नु भएकाले हामी त्यसप्रति तीव्र आपत्ति प्रकट गर्दै घोर विरोध एवम् भत्र्सना गर्दछौ भनिएको छ । ‘हामी ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम रहेको जानकारी दिन चाहन्छौं ।’

तीन दलले निर्वाचन कार्यालयमा पठाएको विरोध पत्रमा संसद विघटन र निर्वाचन घोषणाको मुद्दा सम्मानित सर्वाेच्च अदालतमा विचाराधिन रहेकाले निर्वाचन तयारी अघि नबढाउन आग्रह गरिएको नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवालले जानकारी दिनुभयो । अध्यक्ष कटुवालका अनुसार निर्वाचन सम्बन्धी  कुनै पनि क्रियाकलापमा सम्मानित सर्वोच्च अदालतबाट फैसला नआउन्जेल सम्म हाम्रो पार्टी सहभागी नहँुने जानकारी गराईएको छ ।