Thursday, June 4News That Matters

त्रिनपा ११ मा गठबन्धनका वडाअध्यक्ष उम्मेदवार राईको प्रतिवद्धता : सरकारी सेवा सुविधा नलिने

पूर्णपुष्टि, बैशाख १५
त्रियुगा नगरपालिका ११ का लागि गठबन्धन बाट वडाअध्यक्षमा उम्मेदवारी दिएका कालिदास राई (किसन) ले आफु वडाअध्यक्षमा जिते सरकारी सेवा सुविधा नलिने प्रतिवद्धता जनाएको छ । राईले कुनै लोप लालचका लागि आफुले वडाअध्यक्षको उम्मेदवारी नदिएको प्रष्ट पार्दै वडाको नेतृत्वमा पुगेमा सरकारी कुनै पनि सेवा सुविधा नलिने बाचा गरे । राईले भने,” मलाई सम्पूर्ण खान लाउन पुग्छ । मेरो उम्मेदवारी जनताको निष्पक्ष काम र योजनाको लागि हो, आफ्नो सेवा सुविधाको लागि हैन ।

राईले आफ्नो सेवा वापतको कुनै पनि आर्थिक तथा भौतिक वस्तुहरु आकस्मीक काममा खर्च गर्ने जनाए । राईले त्यस्तो सेवा लिएर जनताको सेवा गर्न कुनै पनि हालतमा धर्म नहुने भन्दै सेवा सुविधालाई गरिब र दुखीहरुको निम्ती खर्च गर्ने जनाए ।

राई आफैमा गाईघाटका प्रतिष्ठित व्यपारी र समाज सेवी पनि हो । आफ्नो स्वास्र्थमा डुव्ने कुनै पनि जनप्रतिनिधिहरुले जनताको आवश्यकता पुरा नगर्ने भन्दै आप्नो सेवा वापतको खर्चहरु पनि जनताकै विकासमा लगानी गर्ने उनले जनाए ।

वडाअध्यक्षका लागि पनि सरकारी सेवा सुविधाहरु बढी मात्रामा प्राप्त हुने गरेको छ । वडाअध्यक्षका लागी सरकारी सेवा वापत मासिक १५ हजार, मोटर साईकल जस्ता बिभिन्न सेवाहरु उपलब्ध हुने व्यवस्था छ । राईले यी सबै सेवाहरु जनताकै लागि आकस्मिक अवस्थामा र गरिबहरुलाई उपलब्ध गराउने जनाए ।