
पूर्णपुष्टि, ११ असार ।
त्रियुगा नगरपालिका १२ नं वडाले नेपाली कांग्रेस आबद्ध नेपाल नाई संघ उदयपुरलाई दिईएको ४० हजार बजेटको चरम दुरुपयोग भएको शैलुन व्यवसायीहरुले आरोप लगाएको छ । १२ नं वडावासी शैलुन व्यवसायीहरुलाई भन्दै छुट्टाएको ४० हजारको सामाग्रीहरु बजेट अनुरुप चित्त बुझ्दो नभएको भन्दै ब्यवसायीहरुले असन्तुष्टी पोखेका छन् ।
नेपाल नायुस संघलाई दिईएको बजेटबाट ४ देखी ५ जनालाई १ हजार रुपयाँ सम्मको दरले सामान वितरण गरी अरु पैसा भ्रष्टचार गरेको उनिहरुले आरोप लगाएको छ । सामान एउटा कैँची, २ ओटा काईयो, एउटा डायरी, एउटा कलम, एउटा छुरा र एउटा एप्रोन वितरण गरेको छ । शैलुन व्यवसायी शुभनारायण ठाकुरले यो सामानको मुल्य हजार रुपयाँ भन्दा धेरै नपर्ने जनाए । यी सबै कंमशल सामाग्रीहरु रहेको उनको ठहर छ । उनले आफु पनि यहि क्षेत्रको व्यवसायी भएको कारण कुन सामान कति पर्छ भन्ने कुरा आफुलाईनै थाहा भएको जनाए । बितरण भएको सामाग्रीहरुको मुल्य धेरैमा कँैचीको ६ सय, छुराको १५०, काईयोको ३० रुपयाँ, डाईरीको १५० कलम १५ रुपयाँ गरी लगभग हजार भन्दा माथी नपर्ने जनाए ।

यहि सामाग्रीहरु १३ जनालाई बाँडेको भनेपनि ४ देखी ५ जनालाई मात्रै उक्त सामाग्री वितरण गरिएको व्यवसायीहरुको आरोप छ । बजेट आएपछि व्यवसायीहरुलाई थाहा नदिईकन मिलेमतोमा संघका अध्यक्ष कामेश्वर ठाकुर र सहयोगी हिरालाल ठाकुरले सामान किनेर बितरण गरेको जनाए । व्यवसायीहरुले सामान पनि कम्जोर र थोरैलाई बितरण गरेर अन्य पैसा भ्रष्टचार गर्न खोजेको जनाए ।
सामाग्री १३ जनालाई वितरण गर्दा पनि १३ हजार भन्दा बढी रकम नरहेको उनिहरुको आरोप छ । बाँकी पैसा मिलेर खान खोजेको भन्दै ब्यवसायीहरुले बिरोध जनाएको छ । सामाग्री जेष्ठ ६ गते संघको आयोजनामा १२ नं वडाकी कार्यवाहक अध्यक्ष अनिता थापाले प्रदान गरेकी थिईन् । सामान हेर्दा ४० हजार बराबरको देखिदैन । व्यवसायीहरुले सामान किनेको बिल देखाउन भन्दा पनि संघले बिल देखाउन मानेको छैन् ।
उनिहरुले बिल आफुहरुमा नभएको भन्दै आलटाल गर्दै आएको छ । सामान किनेर बितरण गरि सक्दा पनि विल भने न वडामै छ न संघमा यस प्रति व्यवसायीहरुले प्रश्न गरिरहेको छ । सामान लिएका केहि व्यपारीहरुले भने सामान फिर्ता गरेको छ । छुट्टाईएको बजेट बराबरको सामाग्री नभएपछि चित्त नबुझेको भन्दै सामान फिर्ता गरेको उनिहरुले जनाएको छ । हजार रुपायँ बराबरको सामान १३ जनलाई बितरण गरेर पैसा पचाउन खोजेको थाहा पाएपछि सामान फिर्ता गरेको व्यवसायीहरुको भनाई छ ।

उनिहरुले नेपाली कांग्रेसमा आबद्ध रहेका व्यवसायीहरुलाई मात्रै सामाग्री वितरण गरिने व्यवसायीहरुलाई बताएका जनाए । वितरण गरिएको एप्रोनमा पनि नेपाल ट्रेड युनियन कांग्रेस सँग आबद्ध भनेर लेखिएको छ । उनिहरुले १२ नं वडाका व्यवसायीलाई वितरण गर्ने भनिएको सामाग्री आफ्नो मान्छेहरुलाई वितरण गरिएको जनाए । कांग्रेस सँग आबद्ध व्यवसायी र आफ्नो पायकका बाहिरका व्यवसायीहरुलाई सामाग्री वितरण गरेको उनिहरुको आरोप छ ।
सामाग्री अन्य व्यवसायीलाई वितरण गरेर केहि भएन यो ठिकै हो, तर ४० हजारको बजेटमा १० देखी १३ हजारको सामाग्री बितरण गर्नु दुखद हो, व्यवसायीहरुले भने, । उनिहरुले वडा कार्यालयहरुले समेत मनोमानी हिसावले सामाग्री वितरणमा सहयोग पुराएको जनाए । कांग्रेस पार्टीमै आबद्ध कार्यवाहक वडा अध्यक्ष अनिता थापाले सम्पूर्ण शैलुन व्यवसायीहरुको लागि ४० हजार बजेट दिईएको जनाईन् । उनले सामाग्री वितरणमा आफ्नो कुनै दोष नरहेको जनाईन् । आफुले बजेट नेपाल नायुस संघलाई नै दिएको भएपनि वितरणको काम सामान खरिदमा उनिहरुनै जिम्मेवारी रहेको जनाईन् । सामाग्री खरिद र वितरणमा बिवाद आएपछि आफुले छलफल राख्न सहजीकरण गरेको जनाईन् । सामान खरिद गरेर वितरण गरिसक्दा सम्म बिल भने वडामा नआएको उनले जनाईन् । विवादका कारण आफुलेनै बिल रोकेको समेत उनको भनाई छ ।व्यवसायीहरुले अध्यक्ष थापालाई सामानमा संका लागेपछि विल हेराउन माग गर्दा वडा सचिव अन्जना कार्कीले मिलाउँदै छ भनेर टारेको र वडा सचिवलाई सोध्दा उल्टै थर्काउने र बेमतलब गरेको व्यवसायहरुले जनाए । उक्त सामाग्री खरिद र वितरण सामाग्रीको पारदर्शीता देखाउन माग गर्दै त्रियुगा नगरपालिकामा असन्तुष्टी व्यवसायीहरुले निवेदन समेत दिएको छ । यसको सत्य तथ्य छानविन गर्न र भ्रष्ट नियत राख्ने ब्यक्तिहरुलाई सजयाको समेत माग राखेका छन् ।


