त्रिनपा १३ मा नेपाल आदिवासी जनजाति वडा समन्वय समिति भेला तथा कमिटि गठन

पूर्णपुष्टि, असोज २३
त्रियुगा नगरपालिका वडा नं १३ मा नेपाल आदिवासी जनजाति वडा समन्वय समितिको भेला तथा वडा कमिटि गठनको काम भएको छ । शनिवार भेलाले वडा कमिटि गठन पनि गरेको हो । सिंह बहादुर राईको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति रहने गरी वडा कमिटि गठन भएको हो ।

हाल सम्म त्रियुगा नगरपालिकामा ३ ओटा वडाहरुमा मात्रै कमिटि गठन भएको नेपाल आदिवासी जनजाति माहासंघ त्रियुगा नगर समन्वयका अध्यक्ष भैरब श्रेष्ठले बताए । हाल पालिकाको ७, १२ र १३ मा मात्र कमिटि गठन गरिएको श्रेष्ठले बताए ।वडा कमिटि गठनको काम निरन्तर रहेको श्रेष्ठले बताए । उनले नगरपालिकाको १६ ओटै वडाहरुमा कमिटि गठन गरी मंसिर सम्ममा नगर अधिवेशन गर्ने जनाएको छ ।यस भेला कार्यक्रममा आदिवासी जनजाततिहरुको हकहित बारे बक्ताहरुले कुरा उठाएको छ ।

सरकारले आदिवासी जनजातिहरुको हकहितमा संविधान नबनाएको भन्दै असोज ३ कालो दिन भन्ने पनि गरिने बक्ताहरुले बताए । यहाँको पुरानो वासिन्दाको रुपमा आएको आदिवासी जनजातिहरुको इच्छा विपरिद र अधिकार विहिन संविधान आदिवासी जनजातिहरुले बहिस्कार समेत गर्दै आएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले देशमा आदिवासी जनजातिहरुको नेतृत्वका लागि सबै एकजुट भईकन लाग्नु पर्ने बताए । मेयर चौधरीले देश विकास देश निर्माणमा आदिवासीहरुको पनि उत्तिकै भुमिका रहेको हँदा सरकारले आदिवासी जनजातिहरुको हक अधिकार कुनै आवाज विनानै पनि सुनिश्चित पार्नु पर्ने बताए । आदिवास जनजाति माहासंघ उदयपुरका अध्यक्ष गैरि संकर उदासले सबै जातिहरुको पहिलो अबिभावक सरकार रहेको बताउँदै उनिहहरुको संस्कार संस्कृतिको जगेर्णा गर्नु पर्ने बताए ।उनले देशमा भएको कयौँ भाषा, संस्कृति, धर्म र जातिलाई संरक्षण गर्दै लैजानु पर्नेमा जोड दिए । उनले हाल सम्म आदिवासी जनजातिहरुको हक हितमा सरकारले खासै चासो नदिएको बताए । जिम्मेवारी र नेतृत्वको स्थानमा आदिवासी जनजातिहरु आफै पुगेर आफ्नो अधिकार आफै संरक्षण गर्नु पर्ने दिन आएको उदासले बताए । आदिवासी जनताजातिहरुको विपरिद व्यक्ति र नेतृत्वले आफुहरुले कहिले अधिकार नपाउने भन्दै जिम्मेवारीका लागि हामि पनि सक्षम हुनु पर्ने उनले बताए ।कार्यक्रममा अब आउँदै गरेको जनगणनामा सबै जनजातिहरुले आफ्नो धर्मको प्रश्नमा प्रकृतिक धर्म लेखाउनु पर्ने कुरा उठेको छ । यो हिन्दु, कृष्टियण धर्महरु भनेको बाहिरा बाट आएर बसोवास गर्ने र बाहिरको धर्म रहेको बक्ताहरुले बताए । आफ्नो धर्मलाई प्राकृतिक धर्म भन्ने बित्तिकै किरात, बौद्धिष्ट लगायत आदिवासी जनजातिहरुको धर्म भन्ने बुझिने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: