Friday, May 22News That Matters

त्रिनपा १५ का एक युवा जलेर गम्भीर घाईते, आर्थिक सहयोगका लागि वडा कार्यालयको अपिल

पूर्णपुष्टि, चैत्र २० । त्रियुगा नगरपालिका १५ वडा कार्यालयले आगोमा जली ससख्त घाईते भएका एक युवकलाई आर्थिक सहयोग गरिदिन अपिल गरेको छ । गत शुक्रबार झ्याँस सल्काउने क्रममा त्रियुगा नगरपालिका वडा नं १५ निवासी समिखर्कका २९ बर्षिय बिक्रम राई झलेर घम्भीर घाईते भएको छ । काम गरिरहेको अवस्थामा बच्चाहरुले झ्याँस सल्काएपछि एक्कासी आएको आगोको रापबाट बँच्न भाग्ने क्रमम लडेर आगोमै परेको स्थानीयहरुको भनाई छ । राईको आर्थिक स्थिति कम्जोर रहेको र परिवारमा जिम्मेवारी व्यक्तिहरु समेत दरिलो नभएकाले वडा कार्यालय र स्थानीयहरुले राईको उपचारमा सहयोग पुराउन अपिल गर्दै आएको छ ।

वडाअध्यक्ष गणेश तिमिल्सिनिका अनुसार वडाले कार्यालयको मापदण्ड र नियम अनुसार ५ हजार मात्रै दिन मिल्ने र त्यस बाहेकको रकम भने अन्य ठाउँबाट समन्वय तथा सहयोगको अपिल गर्ने जनाए । आफ्नै वडावासी आगोमा परी घाईते भएकोमा दुखत व्यक्त गर्दै उनलाई बचाउन वडाले हरदम सहयोग गर्ने जनाए । परिवारमा मजवुद जिम्मेवारी ब्यक्ति नहुँदा राईको उपचारमा चरम आर्थिक संकट परेको स्थानीय तथा डहर माविको शिक्षक तेज कुमार राईले बताए । राईका अनुसार बिरामीको टाउको र हात दुवै अप्रेसन गर्नु पर्ने जनाए । आगोमा जलेपछि विरामीलाई जिल्ला हस्पिटल गाईघाट ल्याईएको भएपनि उपचार संम्भव नभएपछि घोपा पठाईएका थिए ।

राईको उपचार घोपामा पनि हुन सकेन् त्यहाँबाट राईलाई तत्काल काठमाण्डौँ पठाईयो, काठमाण्डौँको मेडिसिटी हस्पिटलमा देखाउँदा त्यहाँ पनि उपचार सम्भव नभएपछि हाल राईको टिचिङ हस्पिटमा उपचार भैरहेको छ । वडाअध्यक्ष आफैले राईको फोटोहरु देखाउँदै आर्थिक सहयोग गर्न माग गरिरहेका छन् । उनले संञ्चारमाध्यमहरुमा समेत आर्थिक सहयोगका लागि प्रचार गरिदिन अनुरोध गरेका छन् । सबैले मिलेर थोरै थोरै सहयोग गरेमा राईलाई बचाउन सकिने अध्यक्ष तिमिल्सीनाले जनाए । राईको परिवारमा वुवा आमा कोहि पनि छैन् । उनको एउटा छोरा पनि शारिरक अपाङ्गता रहेको स्थानीयहरुले बताए । राईको लागि सहयोग गर्ने मनसाय व्यक्तिहरुले वडाअध्यक्ष गणेश तिमिल्सिनाको मोवाईल नं ९८५२८३५१८३ मा सम्पर्क गर्न सकिने छ । राईको उपचारका लागि हाल सम्म ४ लाख बढी खर्च भैसकेको र अझै १० लाख बढी खर्च हस्पिटलले अनुमान गरेको जनाईएको छ ।