Tuesday, June 2News That Matters

त्रिनपा १५ रानीवासमा एकै दिन तिन कार्यक्रम सम्पन्न

पूर्णपुष्टि, चैत्र १४
त्रियुगा नगरपालिका १५ नं वडा रानीवास स्थित एकै दिन तिन कार्यक्रम सम्पन्न भएको छ । सोमवार जनता सँग उपमेयर कार्यक्रम अन्तरगत सिलाई कटाई तालिमको समापन सँगै हाजिर जवाफ तथा लोक नृत्यु प्रतियोगिता र सडक बत्तिको उद्घाटन पनि सँगै सम्पन्न भएको हो ।

त्रियुगना गरपालिकाकी उपमेयर देवी कुमारी चौधरीले सिलाईकटाई तालिमको समापन तथा सडक बत्तिको उद्घाटन गर्नुभयो । जनता सँग उपमेयर कार्यक्रम त्रियुगा नगरपालिकाको सहयोग र सिलाई कटाई उपभोक्त समिति खाँवुको अयोजनामा भएको एक महिने तालिमको समापन मेयर चौधरीले गरेकी हुन् ।

चौधरीले सोही अवसरमा सडक सडक बत्तिको सान उज्यालो नगर हाम्रो अभियान भन्ने मुलनाराका साथ सडक बत्तिको समेत उद्घाटन गरिन् । सँगै सोही दिन हाजिर जवाफ र लोक नृत्यु प्रतियोगिता पनि सम्पन्न भएको छ । वाल गाउँ संरक्षण तथा सम्वद्र्धन उपसमिति खाँवु उदयपुर र त्रिनपा १५ वडा कार्यालयको सहयोगमा उक्त प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा हाजिर जवाफ तर्फ खाँवु प्रथम भए भने लोक नृत्य तर्फ रानीवास प्रथम भएको छ ।