Tuesday, June 2News That Matters

१६ नं. वडाका माओवादी कार्यकर्ता काङ्ग्रेसमा प्रवेश नगरेकाे स्पष्टाेक्ती

पूर्णपुष्टि, चैत १४ ।
त्रियुगा नगरपालिका १६ का नेकपा माओवादी केन्द्रकाे संगठित सदस्य लाेकेन्द्र राई (केदार)ले आफुले काङ्ग्रेस प्रवेश गरेकाे भन्ने गलत र भ्रामक समाचार फैलाएकाेप्रति विज्ञप्तीमार्फत भत्सर्ना गरेका छन् ।  उनले विज्ञप्तिमार्फत साे कुराकाे खण्डनसहित काङ्ग्रेसका केही नेता, कार्यकर्ताहरुले फैलाएकाे भ्रामक समाचारप्रति भत्सर्ना गरेका हुन् ।
लामाे समयदेखि माओवादी केन्द्रमा संगठित सदस्यकाे रुपमा क्रियाशिल रहेकाे र रहिरहने बताएका छन् ।  गत चैत १२ गते फरक प्रयाेजनमा कार्क्रममा सहभागी गराई पछि पार्टी प्रवेशकाे गलत हल्ला फैलाएर चुनावी चलखेल भएकाे उनले बताएका छन् । “म पार्टीकाे संगठित सदस्यमा यथावत छु” उनले विज्ञप्तिमा भनेका छन् “नेपाली काङ्ग्रेसकाे भ्रामक, झुट, र निन्दनीय समाचारकाे घाेर भत्सर्ना गर्दछु ।”
यसैबीच नेकपा माओवादी केन्द्र वडा पार्टी अध्यक्ष उपेन्द्र रखाल मगरले समाचारमा आएकाे माओवादीकाे एक दर्जन कार्यकर्ता काङ्ग्रेसमा प्रवेश भन्ने कुरा सरासर झुट रहेकाे बताउनु भयाे । वडा वैठकमा सबै काङ्ग्रेसकै कार्यकर्ता जुटाएर  भ्रामक समाचार फैलाएकाे उनले बताए । एक जना माओवादी कार्यकर्ता लाेकेन्द्र राईकाे बारेमा भ्रम फैलाए पनि राईले विज्ञप्तिमार्फत स्पष्ट अभिब्यक्ति दिईसकेकाे अध्यक्ष रखालले बताए ।  १६ नं. वडामा  पार्टी संगठन सक्रिय र प्रतिबद्ध अबस्थामा रहेकाे र यस्ता झुट र भ्रामक समाचारमा काेहि नपर्न उनकाे आग्रह छ ।